टोकियो – कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएर विश्वभरि नै संक्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
यसैबीच जापानका प्रधानमन्त्री योशीहिदे सुगाले फाइजर इंकको खोपको पहिलो डोज मंगलबार लगाउने भएका छन् । सरकारी अधिकारी अनुसार अर्को महिनामा रहेको संयुक्त राज्य अमेरिका भ्रमण तालिकाको तयारीको रुपमा सुगाको भ्याक्सिन लगाउने भएका हुन् । यात्रामा प्रस्थान गर्नु अघि तीन हप्ता पछि सुगाले दोस्रो शट लिने बताइएको छ ।
कोभिड–१९ विरुद्धको भ्याक्सिनको प्रकृतिअनुसार दुई डोज लगाउनुपर्ने हुन्छ ।
फाइजर/बायोन्टेक कम्पनीको खोप २१ दिनको अन्तरालमा लगाउनुपर्ने भनिएको छ ।