Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

टोकियो – जापानले कोरोना महामारीको चपेटामा परेका एशिया-प्रशान्त क्षेत्रका देशहरुलाई सहयोग गर्ने भएको छ । उक्त क्षेत्रका २५ विकासशील देशलाई कोरोना भाइरस विरोधी खोप लगाउने प्रयासमा सघाउन जापानले आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।

जापान सरकारले नेपाल, भुटान, म्यानमार, श्रीलंकासमेत २५ देशलाई ४ करोड १० लाख डलर (१ अर्ब ३० करोड येन) बराबरको आपतकालीन सहायता उपलब्ध गराउने भएको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सहायता सम्बन्धित देशमा खोप राख्न फ्रिजर र ट्रक खरिद गरी खोप दिगो रुपमा डेलिभरीमा सघाउने अन्य अत्यावश्यक उपकरण सुरक्षित गर्न दिइने जापानी अधिकारीले बताएका छन् ।

सहयोग पाउने अन्य देशमा इन्डोनेशिया, फिलिपिन्स, थायल्यान्ड, पूर्वी टिमोर, फिजी, लाओस, ब्रुनाई, भियतनाम आदि छन् । जापानले कोभ्याक्स अभियानमार्फत पनि विकाशसशील देशहरुलाई सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया