Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

टोकियो – फाइजर र यसको साझेदार बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोपको सार्वजनिक प्रयोग गर्न जापानले औपचारिक रूपमा स्वीकृति दिएको छ ।

महामारीलाई नियन्त्रणमा ल्याउनको लागि देशको प्रयासमा यो एक प्रमुख कदम हो ।

कोरोनाको संक्रमणबाट बचाउन यो खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ  ।

जापानले गत शुक्रबार करिब ४ लाख डोज खोप बेल्जियमबाट प्राप्त गरेको थियो । सोही दिन स्वास्थ्य मन्त्रालयका प्यानलले १६ वर्षभन्दा माथिको उमेरका नागरिकमा लगाउदा कुनै समस्या नभेटिएको बताएको थियो ।

अधिकारीका अनुसार पहिलो चरणमा जोखिममा रहेका वर्ग – लगभग २०,००० डाक्टर र नर्समा खोप लगाउन सुरु गरिने छ । खोप देशका अन्य क्षेत्रमा वितरण गर्नु अगाडी बुधवारबाट टोकियोको मेडिकल सुविधाहरुमा लगाउन सुरु हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया