Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीतिसंग्रह ‘सुनिल’ बिमोचन भएको छ । टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक भिडियो निर्देशक भूषण दाहालले ‘सुनिल’ को बिमोचन गर्नुभएको हो ।

पुस्तकको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा टेलिभिजनकर्मी भूषण दाहालले ‘सुनिल’ का प्रायः गीतहरु सरल र सुन्दर भएको बताउनुभयो । ’प्रविधिले स्थान दिए पनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा ती गीतहरु सरल छन् ।’ सञ्चारकर्मी दाहालले भन्नुभयो – ’सुनिलमा संग्रहित कतिपय र रेकर्ड नभएका गीत अत्याधिक सरल र कालजयी हुने गीतहरु छन् ।’

कार्यक्रमका विशेष अतिथि तथा फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतनाको स्तरलाई मध्यमवर्गिय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताउनुभयो ।

’र्सजकले देशप्रेम र प्रेमका बिषयमा चर्चा गर्नुभएको छ ।’ पण्डितले थोरै आलोचनात्मक हुँदै भन्नुभयो – ’आगामी दिनमा लेखकबाट समाजको अध्याँरो पाटो, अप्ठेरो परिस्थिति र समस्याग्रस्त जीवनलाई कसरी समाधान दिने भन्ने विषयमा समाजलाई नै धक्का दिने गरी गीत आउने आशा गरेको छु ।’

लामो समय पत्रकारिता क्षेत्रमा संलग्न रहनुभएका कार्यक्रमका अर्का अतिथि सुशिल अर्यालले सुनिल पहिल्यैदेखि सिर्जनशील भएकोले लामो समयदेखि स्थिर रहेको साहित्यिक यात्रा अब सुरु भएको भन्दै यो यात्रामा निरन्तर दौडन आग्रह गर्नुभयो ।

’म सिर्जनशील मान्छे मन पराउँछु, मलाई सक्रिय मान्छे पनि औधी मनपर्छ, पत्रकारितामा सिर्जनशीलता र साहित्यमा सरलताको अभ्यास गर्दै म सबैमा सुनिल बन्न चाहान्छु ।’

पुस्तकको भूमिकामा यी पंक्ती बाहेक केही लेख्न नचाहानुभएका सुनिल कोइरालाले आफ्नो साहित्य यात्राका बिषयमा बताउँदै पुस्तक प्रकाशनमा अग्रजकबि स्व. रत्नशमसेर थापा, राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे, संगीतकार अम्बर गुरुङ्ग, गीतकार कृष्णहरी बराल, गायक योगेश बैद्यका साथै थुप्रै अग्रज र अनुजहरुबाट सउत्प्रेरणा प्राप्त गरी पुस्तक प्रकाशन संभव भएको बताउनुभयो । ’मलाई यहाँसम्म आउन धेरैको उत्प्रेरणा छ र आजको यो क्षणले मलाई निरन्तर कलम चलाउन थप उत्प्रेरित गरेको, गीतकार कोइरालाको भनाई छ ।
९९ गीतहरुको संग्रह रहेको गीतिसंग्रह स्कुल अफ लिडर्स प्रालिले प्रकाशन गरेको हो ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया