Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं । कुनै समयमा विश्वको सबै भन्दा धनि व्यक्ति बिल गेट्सलाई जित्दै एलन मस्क विश्वको दोश्रो धनी व्यक्ति भएका छन् । ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाका सह-संस्थापक एलन मस्कले केहि हप्ता अगाडी फेसबुकका सीइओ मार्क जुकर्बर्गलाई जित्दै विश्वको तेश्रो धनी व्यक्ति बनेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टेस्लाको शेयर मूल्यमा वृद्धि भए संगै ४९ वर्षीय व्यापारीको सम्पत्ति मुल्य ७.२ बिलियन अमेरिकी डलरबाट एक सय २७ दशमलब नौं (१२७.९) बिलियन पुगेको छ । यस वर्ष मात्र उनको सम्पत्ति कुल मुल्यमा सय बिलियन वृद्धि भएको छ । सन् २०२० जनावरीमा उनी विश्वको पाँच सय धनाढ्य व्यक्तिको सुचीमा ३५ औं स्थानमा थिए ।

विद्धुतिय कार कम्पनीका मालिक एलन, अमेजनका सीइओ जेफ बेजोसको नजिक पुगेका छन् । केहि हप्ता अगाडी टेस्लाले अमेरिकाको एस एण्ड पी ५०० ठुला कम्पनीमा सहभागी भएपछि कम्पनीको मुल्यमा पाँच सय बिलियन अमेरिकी डलर बजार मूल्य थप भएको थियो । मस्कको कुल सम्पत्तिको तीन चौथाई आम्दानी टेस्लाको शेयरबाट रहेको छ । यदि टेस्लाको शेयर मूल्य बढ्दै जाने हो भने, मस्कलाई ५५.८ बिलियन डलरको बोनस मिल्नेछ ।

अधिकतम आम्दानीको लागि मस्कले सन् २०२८ सम्ममा टेस्लालाई छ सय ५० बिलियन डलर मूल्यको कम्पनीमा विस्तार गर्नुपर्ने हुन्छ । कार कम्पनीहरुमा टेस्लाको शेयर मुल्य विश्वमा सबैभन्दा उच्च रहेकको छ र यसले केवल केहि मात्र कार बजारमा ल्याएको छ । यस वर्ष टेस्लाले पाँच लाख विद्धुतीय कार बजारमा उपलब्ध गराउने लक्ष्य लिएको छ तर जापानको टोयोटा कम्पनीको वार्षिक उत्पादन दश मिलियन कार रहेको छ ।

मस्कको कम्पनी स्पेस एक्सले फ्याल्कन स्पेस क्राफ्ट तथा नासाको सहकार्यमा ड्रागनबाट अन्तराष्ट्रिय स्पेस स्टेसनमा चार अन्तरिक्ष यात्री पठाउन सफल भएको छ । स्पेस एक्सले पृथ्वीको कक्षबाट इन्टरनेट स्याटलाइटको माध्यमबाट ६० ब्रोडब्याण्ड लन्च गर्ने योजनामा छ । तर मौसम खाराबीको कारण यस कार्यमा केहि ढिलाई भइरहेको छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स केहि वर्ष अगाडी विश्वका सबै भन्दा धनी व्यक्ति थिए तर सन् २०१७ मा उनलाई अमेजनका मालिक जेफ बेजोसले जिते र विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गेट्सको कुल सम्पत्ति १२७.७ बिलियन डलर रहेको छ तर यदि उनले आफ्नो सम्पत्तिको ठुलो भाग च्यारिटी तथा दानमा नदिएको भए उनी धेरै धनी हुने थिए ।

उनले रोग तथा गरिबी संग लड्नको लागि ५० बिलियन डलर, बिल एण्ड मालिन्दा गेट्स फाउन्डेसनमा दान गरेका छन् । यस फाउन्डेसनले अहिले कोरोना खोपको निर्माणमा आर्थिक सहयोग गरिरहेको छ । कोरोना महामारीको कारण व्यापार ठप्प भएको छ र मानिसहरु बेरोजगार भएका छन् तर प्रविधिका ठुला कम्पनीहरुलाई भने निकै फाइदा भइरहेको छ ।

ब्लुमबर्गको इन्डेक्स अनुसार, जनावरी पछि यी कम्पनीहरुलाई १.३ ट्रिलीयन डलर फाइदा भएको छ । केहि हप्ता अगाडी मस्कले ३६ वर्षीय मार्क जुकर्बर्गलाई जित्दै तेश्रो धनी व्यक्ति बनेका थिए । अहिले जुकर्बर्ग विश्वको चौथो धनी व्यक्ति भएका छन् । –एजेन्सी 

तपाईको प्रतिक्रिया