काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले विदेश उड्नका लागि सरकारी प्रयोगशालाको पिसिआर रिपोर्ट मात्रै मान्य हुने निर्णय गरेको हो ।
विदेश जानका लागि गरिएको पिसिआर परीक्षणमा निजी प्रयोगशालाले बदमासी गरेपछि सरकारले नयाँ नीति ल्याएको छ । अब विदेश जानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षण मात्रै मान्य हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले विदेश उड्नका लागि सरकारी प्रयोगशालाको पिसिआर रिपोर्ट मात्रै मान्य हुने निर्णय गरेको हो । विदेश उड्न चाहनेले सरकारी प्रयोगशालाकै पिसिआर रिपोर्ट देखाउनु पर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
केही निजी प्रयोगशालाहरूले स्वाब संकलन तथा परीक्षण नै नगरि रिपोर्ट बनाएको भन्ने खुलासा भएपछि यस्तो निर्णय गरिएको हो ।