टोकियो – दिपावली केवल हिन्दूहरुको बीचमा मात्र सीमित छैन । तर, कतिपय देशमा यसो अर्थ र महत्व अलि फरक छ । श्रीलंका, म्यानमार, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी, मरिसस, केन्या, ताञ्जानिया, दक्षिण अफ्रिका, युयाना, सुरीनाम, त्रिनिदाद र टौब्यागो, नेदरल्याण्ड, क्यानडा, बेलायत र अमेरिकामा पनि दिपावली भव्यताका साथ मनाइन्छ । कतिपय देशमा भने दिपावली जस्तै आगोको पर्व मनाइन्छ । हरेक ठाउँमा यसको नाम फरक छ, यसलाई मनाउने परम्परा र मान्यता पनि फरक छ ।
हेर्नुस् नेपालमा झै यी सात देशमा तिहारको झिलीमिली कस्तो हुन्छ
स्कटल्याण्ड
स्कटल्याण्डमा तिहारझै अपहेली नामको चाड मनाइन्छ । हरेकबर्ष जनवरीको अन्तिम मंगलवारको दिन स्कटल्याण्डको पुरै शहर बत्तिले झिलीमिली बनाइन्छ । यस पर्वमा प्राचीन समुद्री योद्धाझै पोशाकमा हातमा मशाल लिएर शहर परिक्रमा गरिन्छ ।
ब्रिटेन
नेपालमा झै ब्रिटेनमा पनि तिहारमा त्यहाँबसेका नेपालीहरूले बत्ति बालेर झिलीमिली बनाएर यो पर्व मनाइन्छ । हिन्दु परम्परामा दोस्रो ठूलो चाडको रुपमा रहेको तिहार मनाउन ब्रिटेनमा रहेका नेपालीहरू मिलेर घरघरमा दीप बालेर लक्ष्मीको पुजाआजा गर्ने प्रचलन रहेको छ । साथै मिठोमिठो परिकार बनाइ परिवारसँग रमाइलो गरिन्छ ।
जापान
त्यस्तै प्रत्येक बर्षको जनवरी महिनामा जापानमा ओनियो फेयर फेस्टिवल मनाइने गरिन्छ । फुकुओका सहरमा तिहारको जस्तै प्रकाशमय वातावरणमा चाड मनाइन्छ । सो अवसरमा कठिन परिस्थितिको अन्त्यको प्रतिकको रुपमा मसाल जलाईन्छ । खास गरि सेतो कपडा पहिरेर जापनीजहरूले मसाल र्याली मन्दिरबाट सुरु गर्छन् ।
थाइल्याण्ड
थाइल्याण्डमा तिहारझै लाम क्रियोंघ नामको चाड मनाउने गरिन्छ । यस पर्वमा थाइबासीले केराको पातबाट दियो बनाएर तेल हाली बत्ति बाल्ने प्रचलन रहेको छ । दीप बाल्न सकेपछि यसलाई नदीमा बगाउने गरिन्छ । वरिवरि बत्ति बालेर बीचमा लक्ष्मी मातालाई झै पैसा राखेर पुजिन्छ ।
क्यानडा
क्यानडाको न्यूफाउण्ड ल्याण्डमा नोभेम्बर ५ को दिन तिहारमाझै बत्तिको झिलीमिली गरी मनाइन्छ । यसदिन शहरमा बत्तिको झिलीमिली हुन्छ भने पटाका पड्काउने गरी रातभर जाग्राम बस्ने गरिन्छ ।
फ्लोरिडा
फ्लोरिडाको अल्टुना शहरमा अक्टोबर ३१ देखि नोभेम्बर १ को बीचमा सैमहेन फेस्टिवल मनाइने गरिन्छ । भूतको आकृति बनाइ रातभरी पर्व चल्ने गर्छ जुन पर्व हेर्न थुप्रै अन्य देशका मानिसहरू आइपुग्छन् ।
इंगल्याण्ड
सन १६०५ देखि इंगल्याण्डमा तिहारझै एक पर्व मनाइन्छ । यस दिन मध्यरातमा ओटरी सेण्ट मैरी शहरमा बत्तिको झिलीमिली देख्न पाइन्छ ।