हाम्रो धर्म संस्कृतिले जन्मदिने बुवा-आमालाई साक्षात भगवानको रुपमा हेर्ने गर्दछ र यो सत्य पनि हो । आजको समयसम्म आइपुग्दा संसारमा धेरै परिवर्तहरु भएका छन् । यसै परिवर्तन सँगसगै हाम्रो मानव जीवन पनि परिवर्तन भएको अनुभूति गर्न र देख्न सकिन्छ ।
आज हामी संसारमा मानव जीवन पाएर हामी आफैले आफैलाई चेतनशिल प्राणीको रुपमा हेर्ने गछौं र मानव हुनुमा गर्व गर्छौ तर यस मानव रुपी उपाधी पाएका हामीले मानवमा हुनुपर्ने गुण छ कि छैन ? हामीभित्र मानव बन्न के-के गुण हुनुपर्छ भन्ने कहिले अन्तर आत्मामा सोचेका छौं कि छैनौं ? हामीले हाम्रो मानवरुपी कर्तव्यलाई पालन गरेका छौं कि छैनौं ? के कहिलेकाही हामी आफैलाई नियालेर आफ्नै अन्तरआत्मसँग अन्तर्क्रिया गरेका छौ त ? के हामीले मानवको कर्तव्य पूरा गरेका छौं त ? अवश्य पनि हामीले यस बिषयमा गहिरिएर सोच्न र चिन्तन गर्न आवश्यक छ ।
के कहिलेकाँही हामी आफैलाई नियालेर आफ्नै अन्तरआत्मसँग अन्तर्क्रिया गरेका छौ त ? के हामीले मानवको कर्तव्य पूरा गरेका छौं त ? अवश्य पनि हामीले यस बिषयमा गहिरिएर सोच्न र चिन्तन गर्न आवश्यक छ ।
आज यसै बिषयमा हामीले हाम्रा ति श्रदेय बुवआमाप्रति सच्चा सम्मान र बुढेस् कालको साहारा दिन साच्चिकै सकेका छौं कि छैनौं ? के उहाँहरु सन्तुष्ट हुनुहन्छ त ? आज जिन्दगीको उत्तररार्धसम्म आइपुग्दा कति ठाउँ र परिवारमा जन्मदिने बाबु-आमा अपहेलित भएर आफ्नो मृत्युको दिन कुरेर गहभरी आँशु र एक्लोपनको महशुस गर्दै मृत्युको पर्खाइ गरिरहेका हुन्छन् । अझै कतिपय सम्पन्न र शिक्षित परिवार भनाउँदाहरुले बुवा आमालाई बृद्धा आश्रममा राखेर हाइसन्चो मानेका छन्, कतिपयले घरबाटै निकालेर मानजताको नाममा कलङ्क बोकेका छन्, कतिपयले दु:खसँग हुर्काउने र आधा पेट खाएर निद्रा भोक तिर्खा नभनी जीवनभर छोरा छोरीको सफलताको निम्ति संघर्ष गरेर सामाजमा सन्तानलाई अग्रस्थानमा स्थापित गराएका छन् तर आज तिनै स्थापित भएकाहरुले आफ्नो संघर्षशील आमा बुवालाई जिन्दगीको अन्तिम समयमा बेसाहारा बनाएका छन् । निर्दाे बनाएका छन्, के हाम्रा लागि त्याग तपस्या र संघर्ष गरेर हामीलाई संसारमा योग्य र आदर्श बनाउने बाबु आमाप्रति हामीले हासिल गरेको शिक्षाले यही बाटो सिकाएको हो त ?
जुन आमा बाबुले आफ्नो सन्तानलाई शिक्षा दीक्षा दिएर राजनेता बनाए के यही दिन भोग्नको लागि हो त ? जुन आमा बुवाले सन्तानलाई शिक्षा दिएर समाजमा स्थापित गरे र समाजसेवीको बिल्ला भिर्न सक्ने बनाए के समाजसेविको जिम्मेवारी यही हो त ? जुन आमा बुवाले सन्तानलाई न्यायलयको न्यायधिश बन्न सक्ने शिक्षा दीक्षा दिलाए के न्याय यही हो त ? यिनै विभिन्न प्रश्न र तर्कहरु आज हामी माझ अनुत्तरित हुँदै गएका छन् र हामीले सत्यको बाटो बिर्सदा कुनै दिन हामीलाई पनि यिनै प्रश्नको कठघरामा उभिनुपर्ने दिन नआओस् । हामीले हाम्रो आमाबुवाप्रति जस्तो व्यवहार गरेका छौं भोलि हामीले पनि त्यो भोग्नु पर्ने दिन अवश्य आउँछ । हामी वास्तवमै मानव हौं भने मानवले गर्ने व्यवहार देखाऊँ । हामीले दैनिक जीवनमा गर्ने हरेक व्यवहारहरुमा नैतिकता हुन जरुरी छ ।
आज जिन्दगीको उत्तररार्धसम्म आइपुग्दा कति ठाउँ र परिवारमा जन्मदिने बाबु-आमा निर्दाे अपहेलित भएर आफ्नो मृत्युको दिनको कुरेर गहभरी आँशु र एक्लोपनको महशुस गर्दै मृत्युको प्रतिक्षा गरिरहेका हुन्छन् !
त्यसैले हाम्रो जन्मको साक्षात भगवान बुबा आमा नै हुनुहुन्छ । हाम्रो शरीरको कोष कोषमा बुबा आमाको कोष जोडिएको हुन्छ र हाम्रो हृदयको अन्तर आत्मामा बुवा आमाप्रति श्रदा-सम्मान र सत्कार अटल र अमर हुनुपर्छ । हाम्रो जन्म सँगसँगै बुवाको भूमिका परिवारमा मेरुदण्ड भएर हामीलाई कवचको अनुभूति गराउने पूर्ण जिम्मेवारी बहन गर्नुभएको हुन्छ भने आमाले शरीरको कवच बनेर स्याहार सुसार र संरक्षणको भूमिकामा निरन्तर कटिवद्ध भएर जीवनभर भोक निद्रा नभनी केवल स्नेहको नजरले हेर्नु हुन्छ ।
हाम्रो जीवनमा प्रगतिको लागि अगाडि बढी रहुन् भनेर निस्वार्थ भावनाले भगवानसँग प्रार्थाना गर्ने यो संसारमा केबल हाम्रो लागि बुवा आमा मात्र हुनुहुन्छ । आफूले खाएको प्रत्येक गास सँगसँगै मेरो छोरा छोरीले खाएको छ कि भोको छ भनेर आफ्नो नजरको नानीमा सन्तानको तस्विर घुमाउँदै आफ्नो हृदयमा करुणाका छालहरु छछल्काउने केवल बुवा आमा मात्रै हो । जीवनको अन्तिम घडीमा मृत्यु शैयामा पुग्दाको क्षणमा पनि सन्तानको तिर्सनाले अन्तिम सास र अन्तिम धड्कन चल्दासम्म सन्तान कै मोहमा छटपटाई राख्ने केवल आमा बुवाभन्दा अरु कोही हुन सक्दैन । जब मृत्यु शैयामा प्राण बायुले धकेली रहेको बेलामा पनि अन्तिम धड्कनसम्म सन्तानकै सामिप्यता खोजेको हुन्छ ।
हामी सबैले आफ्नो बुवा-आमाप्रति सामिप्यताका साथ आदर्श सम्मान र सेवा भावना जाग्रित गरौं यो जिन्दगी अनिश्चित छ त्यसैले जति सकिन्छ हामी परोपकारी र दयावान बनौं ।
त्यसैले हामी जो कोही पनि आफ्नो कर्तव्य र धर्मलाई पूर्ण रुपले पालना गर्न सके हामीले कुशे औंशी पर्खिनु पर्दैनथ्यो होला । सबैले सधैं भरी हामी सबैले आफ्नो बुवा-आमाप्रति सामिप्यताका साथ आदर्श सम्मान र सेवा भावना जाग्रित गरौं । यो जिन्दगी अनिश्चित छ त्यसैले जति सकिन्छ हामी परोपकारी र दयावान बनौं ।
बुवा आमाको चरण स्पर्श र दर्शन गरौं । भाग्यले सँगै बस्ने मौका दिएको छ भने नजिकै बसेर विगत बाल्यकालका कुरा गरेर मन हलुको पारीदिऊँ । हामीबाट बिदा हुनु भएछ भने बिहान स्नान गरेर एकान्त कोठामा बसेर एकाग्र चित्तले सकिन्छ भने १५ मिनेट सकिंदैन भने २ मिनेट आफ्नो श्रदय बुवाप्रति आफ्नो बाल्यकालबाट सँगै हुँदाको पलमा भए गरेका सुख दुःखका घटना र बुवाको अर्तिलाई स्मरण गर्दै बुवाप्रतिको भक्तिभावनालाई ताजा बनाऊँ र अशिर्वाद मागौं ।
-लेखक, स्याङ्जा समाज जापानका अध्यक्ष हुनुहुन्छ ।