Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जान चाहनेहरूले सशुल्क पीसीआर परीक्षण गर्नुपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा विदेश जानेहरूलाई स्वास्थ्य परीक्षण प्रतिवेदन चाहिए पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने बताएका हुन् ।

उनले राजधानीभित्र महाराजगंजस्थित शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा यस्तो परीक्षण गर्न सकिने तथा उपत्याका बाहिर कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, कर्णाली प्रादेशिक अस्पाताल र सेती प्रादेशिक अस्पतालमा सशुल्क परीक्षण गर्न सकिने बताएका हुन् ।

डा. गौतमले विदेशी नियोगका कर्मचारीहरूले भने ललितपुरको स्टार अस्पताल र काठमाडौँ मेडिकल कलेजमा सशुल्क परीक्षण गर्न सक्ने बताए ।
‘यी बाहेक अन्य अस्पताल तथा प्रयोगशालाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरेको छैन,’ डा. गौतमले भने ।

तपाईको प्रतिक्रिया