Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण संक्रमण फेला परेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ । बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ८४० जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया