Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्ध निर्माण भएका खोपको सफल परीक्षणले विश्व समुदायमा एक प्रकारको आशा जगाईरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको शुरुवाती अघि आशा गर्न सकिँदैन ।’

डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न थोरै अबेर भए पनि सुरक्षा मानकमा कुनै कमी हुन नहुने बताएका छन् ।

संसारभरी कोरोना भाइरसका हालसम्म एक करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डओमिटरका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६३२ ठिक भइसकेका छन् भने ६ लाख २३ हजार ५७६ को मृत्यु भइसकेको छ ।

यसैबीच ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यद्यपि, उनको स्थिति अहिले सुधारोन्मुख रहेको छ । राष्ट्रपतिको सञ्चार मन्त्रालयले २१ जुलाईमा उनको परीक्षण गरेको जानकारी दिएको थियो ।

यसअघि १४ जुलाईमा पनि भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । बोल्सोनारोले जुलाई ७ मा कोरोनाको हल्का लक्षण पाइएको घोषणा गरेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया