Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – जापानको स्वास्थ मन्त्रालयले डेक्सामेथासोनलाई कोरोना भाइरस (कोभिड-१९)को उपचारका लागि विकल्पका रुपमा प्रयोग गर्न अनुमति दिएको छ ।

यो औषधिको प्रयोगले अस्पतालमा रहेका बिरामीहरुको मृत्युदर घटाएको पाइएको छ । बेलायतमा भएको परीक्षणअनुसार सस्तो र धेरैले प्रयोग गर्ने डेक्सामेथासोनले अस्पतालमा रहेका बिरामीहरुको मृत्युदर घटाएको थियो ।

स्वास्थ्य मन्त्रालयले संशोधन गरेको गरेको निर्देशिका पुस्तकमा गिलिड साइन्सेज इन्कको एन्टीभाइल ड्रग रेम्डेसीभीरसँगै डेक्सामेथासोनलाई पनि उपचारको विकल्पका रुपमा राखिएको छ ।

योसँगै डेक्सामेथासोन उत्पादन गर्ने जापानी कम्पनी निची इको फर्माक्युटिकल कोसहित निर्देशिकामा समावेश अन्य औषधि उत्पादन गर्ने कम्पनीहरुको शेयर ह्वात्तै बढेको छ ।

रोयटर्सले उल्लेख गरेअनुसार बेलायतमा गत महिना घोषणा गरिएको परीक्षण नतिजाअनुसार डेक्सामेथासोनले कोभिड-१९ बिरामीहरुको ज्यान बचाएको थियो । यसलाई वैज्ञानिकहरुले कोरोना भाइरस महामारीमा एउटा ठूलो सफलता भनेका छन् ।

तपाईको प्रतिक्रिया