Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६४८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या २८ हजार ७३२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । भारतमा कुल संक्रमित ११ लाख ९२ हजार ९१५ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ७ लाख ५३ हजार ५० जना ठिक भएका छन् भने ४ लाख ११ हजार १३३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५० लाख ९६ हजार ३१५ पुगेको छ भने मृतकको संख्या ६ लाख १९ हजार ५२० पुगेको छ । त्यस्तै विश्वभर ९१ लाख १३ हजार ४३ जना कोरोना संक्रमित ठिक भएका छन् ।

तपाईको प्रतिक्रिया