Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा काठमाडौंका ८ र ललितपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना निको भएर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९६३ जनाको पीसीआर नमुना परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ पुगेको छ । यस्तै आइसोलेसनमा ५ हजार ४७७ जनाको उपचार भइराखेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया