Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार १५० थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार मंगलबार बार कोरोनालाई जितेर ६ सय ९ जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया