Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – चीनले सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान गरेको छ ।

बिहीबार मध्यान्ह तिब्बततर्फबाट ६ हजार पाँच सय मिटरको उचाइमा ५-जी डाटाबेस खडा गरिएको चिनियाँ सञ्‍चारमाध्यमहरूले जनाएका छन्। चाइना मोबाइल र हुवावेई कम्पनीले संयुक्त रूपमा ५-जी जडान गरेपछि अब सगरमाथा क्षेत्रमा नेटवर्क सुविधा उपलब्ध हुनेछ ।

गत अप्रिलदेखि चीनले सगरमाथा बेसमा फोरजी र फाइभजी स्थापनाका लागि प्रयास गरिरहेको थियो। राष्ट्रिय प्राकृतिक संरक्षण र सगरमाथा आधार क्षेत्रमा ठूलो किसिमका निर्माण सामग्री प्रतिबन्धित रहेकाले चाइना युनिकमले १० जना निर्माणकर्मीमार्फत् अप्टिकल केबल, एन्टेना, सम्बन्धित अन्य सामग्रीहरू ५ हजारभन्दा माथिको उचाइमा बोकेर पुर्याएको थियो।

यससँगै संसारकै सबैभन्दा अग्लो स्थानको एन्टेनाको रुपमा चिनिएको आयोजक चाइना मोबाइल हङकङ र हुआवेले बताएका छन् ।

तपाईको प्रतिक्रिया