Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरू अहिले लकडाउनमा छ ।

मानिसहरू घरबाटै काम गरिरहेका छन् । र, अधिक व्यक्तिहरू बैठकहरूका लागि जुम एप प्रयोग गरिरहेका छन् । नेपालमा पनि यसको प्रयोग बढेको छ ।

पछिल्लो समय नेपालमा पनि अनलाइन कक्षाहरु सुरु गर्ने चर्चा चल्न थालेको छ । त्यसका लागि विद्यालयहरुले जुम एप डाउनलोड गर्न अभिभावकलाई भनिरहेका छन् ।

विश्वभर कोरोना कहरका कारण लकडाउन हुँदा र मानिसहरु बाहिर निस्किन नपाउँदा अब यही जुम एपका संस्थापक एरिक युआन अर्बपति भएका छन्, उनलाई फोब्र्स पत्रिकाले आफ्नो अर्बपतिको सूचीमा समेटेको छ ।

अब उनको सम्पत्ति ७.८ अर्ब अमेरिकी डलर भएको फोर्ब्स पत्रिकाले जनाएको छ ।

माइनिङ इन्जिनियरका छोरा एरिक खासमा चीनमा जन्मिएका हुन् । त्यहाँ इन्जिनियरिङको पढाइ सकेर जापानमा चार वर्ष जागिर गरेका उनी त्यहाँबाट अमेरिका पुगेका थिए ।

एरिकको जीवन अहिले अर्बपतिको सूचीमा आउन त्यति सहज चाहिँ थिएन ।

खासमा उनले जुमको कल्पना चाहिँ आफ्नी गर्लफ्रेन्डसँग भेट्नका लागि १० घन्टाको रेल समात्नु पर्ने भएकाले कल्पना गरेका थिए । ‘म चीनमा पढ्थेँ,’ उनले भनेका छन्, ‘त्यहाँ गर्लफ्रेन्ड भेट्न मलाई कम्तिमा पनि दस घन्टा रेलमा चढ्नु पथ्र्यो । अब त उनी मेरी पत्नी भएकी छिन् ।’

तर, यस्तो यात्रा एरिकलाई मनै पर्दैनथ्यो ।

अनि उनले यही एपको कल्पना गरे जसले उनले चाहेको समयमा नै आफ्नी गर्लफ्रेन्ड भेटाउँथ्यो ।

त्यही सपनालाई लिएर बनाएको जुम एप अहिले विश्वले प्रयोग गरिरहेको छ, यसबाट मिटिङहरु भएका छन्, मानिसहरुले अनलाइन कक्षासमेत लिएका छन् ।

पछिल्लो समय रजिस्टर गर्न नपर्ने र ४० मिनेटसम्म १०० जना एकैपटक जोडिन सक्ने भएकाले जुम एपको लोकप्रियता बढेको हो ।

तपाईको प्रतिक्रिया