काठमाडौँ – नेपालको पहिलो एन्टिवडि बायोटेक कम्पनीको रुपमा स्थापित शिखर वायोटेकले विश्वको पछिल्लो संकटको रुपमा आएको कोरोना अर्थात कोभिड १९ को लागि ‘टेस्ट किट’ बनाउने जनाएको छ । टेस्ट किट विकास गर्नमा केहि समयदेखि काम भैरहेको भए पनि ‘लकडाउन’ले केहि समान सिंगापुर र कस्टममा अड्किएको कारण ढिला भएको बताएको छ ।
विश्वको पछिल्लो वायोटेक प्रविधिमा शिखर वायोटेकले काम गरिरहेको जनाएको छ । दोश्रो लेवलको वायोसेफ्टी ल्याब्रोटोेरी रहेको शिखर वायोटेकमा कोभिड १९ को परिक्षण समेत गर्न सकिन्छ । सरकारले प्रयोग गर्न चाहेमा यसलाई तत्काल प्रयोगमा ल्याउन सकिने कम्पनीका अध्यक्ष तथा डाक्टर रबिन्द्र सापकोटाले बताए ।
कम्पनीले यो ल्याब प्रयोग गरेर कोभिड १९ को परिक्षण गर्न सरकारलाई उपलब्ध गराउने जनाएको छ । यो ल्याब सेटअप गरेर तत्कालै कोभिड १९ को परिक्षणमा काम गर्न सकिने कम्पनीले बताएको छ । यस्तो ल्याबमा रियल टाइम पिसिआर मेसिन र किटहरु उपलब्ध गराएर परिक्षणको लागि काम गर्न सकिने छ ।
शिखर वायोटेकले एन्टि कोभिड १९ एन्टिवडिजको परिक्षणको लागि टेस्ट उपकरणहरु बनाइरहेको जनाएको छ । यस मार्फत त्यस्ता ठिक भएका विरामीहरु पत्ता लगाउछ र नयाँ व्यत्तिहरुलाई रोगसँग लड्नको लागि अन्तिम अवस्थामा प्रयोगमा ल्याउन सकिन्छ । यसको लागि यो लकडाउनकै अवधिमा परिक्षणको लागि अनुमती मागेको छ ।