Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार प्रमुख दलहरुबीच भएको सात बुँदे सहमतिले पाँच वर्षअघि शुरु भएको शान्ति प्रकृया टुंगिने आधार तयार भएको बताउनु भएको छ । छठ पर्वका अवसरमा काठमाडौंको रानीपोखरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सहमति अनुसार आफ्नो नेतृत्वको सरकारले शान्ति र संविधान लेखन प्रकृया पुरा गर्ने दावी गर्नुभयो ।
‘यो सहमतिले पाँच वर्षअघि शुरु भएको शान्ति प्रकृया टुंगिने आधार तयार भएको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘अब वर्तमान सरकारले नै शान्ति र संविधान लेखन प्रकृया पुरा गर्छ ।’ सात बुँदेको कार्यान्वयन सँगै यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाईने प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री भट्टराईले मंगलबार भएको सहमतिले राजनीतिक गतिरोधको अन्त्य गरेको दावी पनि गर्नुभयो ।
प्रमुख दलहरुबीच मंगलबार बेलुका ६ हजार ५ सय लडाकूलाई नेपाली सेना अन्र्तगतको महानिर्देशनालयमा समायोजन गरी शान्ति प्रक्रिया टुंङ्ग्याउने दलहरु सहमती भएको थियो । लडाकूलाई दर्जा र भर्ना मितिका आधारमा पाँच देखि नौ लाख रुपैँया दिने सहमतिमा उल्लेख छ । मंसिर ७ गते भित्र समायोजनमा जाने र पुनर्स्थापनामा जाने लडाकुको समुह विभाजन गरि सक्ने सात बुँदेमा उल्लेख छ ।
मुख्य तीन दल र मधेशी मोर्चा सहितको छलफलमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिको माओवादीको वैद्य पक्षले भने विरोध गरेको छ ।
तपाईको प्रतिक्रिया