Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

नेपालीहरु संसारकै उदार प्राणी मानिन्छन् । एकलाई चोट लाग्दा अर्कोलाई पनि दुख्छ । यो सत्य हो र साबित पनि भईरहेको छ नेपाली समाजमा । तर हिजोआज सहयोगी संस्थाहरुका नाममा बल्ग्रेती संघसंस्थाहरु खुलिरहेका छन् या अभियान्ताका नाममा धेरै प्रतिनिधीहरु बिभिन्न देशबाट जुटेका पनि छन् या भनौ बिभिन्न बैधानिक या अबैधानिक समुहद्वारा थालिएका अभियान होस् या सञ्चालित खुलेका यूट्यूब च्यानलहरु मार्फत पनि सहयोगका नाममा धेरै भन्दा धेरै रकम देश या परदेशबाट सहयोग स्वरुप उठाइने गरिएको छ ।
अरुण थापाले गाए झैं ’चोट के हो ब्यथा के हो, म जस्तो घाइतेलाई सोध’ साँच्चै यो गीतमा भनिएझैं वास्तविक चोट खानेहरुलाई मात्र थाहा हुन्छ चोट या ब्यथाको बास्तविक पीडा यो समाजमा । तर बाहिरबाट हेर्ने र देख्नेहरुको त मात्रै आँखामा आँशु बग्न सक्छ, भावनामा बहकिन पनि सक्छन् पीडाका कर्कश दृष्यहरु आँखामा पर्दा या कानमा गुञ्जिदा ।
समाजका कोही पनि परिचित ब्यक्ति वा सेलिब्रेटीहरुले संस्था या फाउन्डेशन दर्ता गर्दै वा नगरिकनै तिनै संस्था या फाउन्डेशनका नाममा रकम संकलन गर्ने अभियान नेपाली समाजमा झाँगिरहेको बर्तमान यथार्थ पनि हो । यस्ता अभियानहरुमा परिचित अनुहारहरु भन्दा सामान्य मानिसहरुले सहयोगका धनराशी खर्चिएको धेरै पाईन्छ ।

भावनात्मक आवेगमा बहकिएर या साँच्चिकै मुटु चस्किएर यी र यस्ता प्रकारले संकलन गरिएका लाखौं रकमहरुको हिसाब-किताबको खोजीनीति गर्ने भने कुनै निकाय देखिदैन हाम्रो समाजमा । संकलित सबै रकम सम्बन्धित ब्यक्तिले पाए या पाएका छैनन् अर्थात उद्देश्य अनुसार ती रकम खर्च भए वा दुरुपयोग भन्ने कुनै विश्वसनीयताको आधार पनि देखिदैंन ।
बगिरहेको आँशु पुछिदिनु, रोइरहेको पीडितलाई हसाँइदिनु, प्यासीलाई पानी दिनु अनि दासीलाई मुक्त गर्नु मानव कर्तब्य हो, र धर्म पनि हो । हाम्रो सँस्कारले यहि भन्छ यहि सिकाँउछ सँधै । तर नेपाली समाजमा भाईरल नै बनेको रकम संकलित अभियानका सहयोगदाताहरु स्वतस्फूर्त रुपमा मनमुटु जलेर या पोलेर सहयोग गर्दैछन् वा बिभिन्न मिडियामा आफ्नो तस्विर सहित माल्यार्पण या खादा सहित समाचार बन्ने होडमा रकम हस्तान्तरण गरिरहेका छन् यो त फरक बिषय बन्न सक्ला तर नेपाली बिलिनियर्स बिनोद चौधरीको शब्द सापटी लिएर भन्नुपर्दा अब माछा बाँडेर होईन माछा मार्ने सीप सिकाएर मात्रै राष्ट्र धनि बन्न सक्छ या सक्षम बन्न सक्छ भनेझैं यसरी रकम उठाएर गरिएका सयौं अभियानहरुबाट के साँच्चै देशको कायापलट होला त ? मागी मागी छोराको बिहे भनिए जस्तै कहिलेसम्म मागेर चन्दा उठाएर समाज सेवा गर्ने र आफु हिरो बनिरहने भन्ने बिषयमा पनि सोचिनु आवश्यक छ । तसर्थ सँधै मागेर होईन राज्यका सम्बन्धित निकायहरुमा त्यस्तो आवाजले झकझकाउन सके मात्र दीर्घकालिन समाधान हुन सक्छ ।
विदेशमा सर्बसाधारण नेपालीहरुले दुखजिलो गरी कमाएको धन कहिले यो नाममा, कहिले उ नाममा चन्दा उठाईरहने सँस्कृतिले हाम्रो समाजमा गिजोल्दै गएको छ, यसतर्फ अब सम्बन्धित सबैको ध्यान जान आवश्यक छ । पछिल्लो समय सामाजिक मिडियामा संकलित रकमहरु सहि ठाँउमा नपुगेका, हिनामिना भएका समाचारहरु प्रशस्तै देखिन्छन् पनि । गरिब या पीडितको नाममा उठाईएका यस्ता रकमहरु हिनामिना किन भईरहेका छन् त ? के दाताहरुले पीडितहरु स्वयंलाई सहयोग रकम हस्तान्तरण गर्न सक्ने वातावरण छैन त ? सम्बन्धित ब्यक्तिलाई सहयोग रकम हस्तान्तरण गर्न सके मात्र यस्ता बिकृतिहरु अन्त्य हुन सक्ला ।
चिवा, जापान

तपाईको प्रतिक्रिया