Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – फेसबुक, ट्विटर, युटुव, गुगल जस्ता सामाजिक सन्जाल तथा इन्टरनेटमा गरिने विज्ञापन गैरकानुनी हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना निकाल्दै सामाजिक संजालमा गरिने विज्ञापनमा अनौपचारिक माध्यामबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी रहेको बताएको हो ।

सामाजिक सञ्जालमा विज्ञापन गर्दा डलरमार्फत भुक्तानी हुन्छ । यसकै प्रयोजनका लागि नेपालमा डलर सटही गर्ने र नेपालकै माध्यमबाट भुक्तानी गर्ने सुविधा छैन । जसले गर्दा देशबाहिरकै माध्यमको प्रयोग गरी यहाँका व्यवसायिक फर्म, संस्था तथा संगठनहरुले सामाजिक सञ्जालमा विज्ञापन गर्दै आएका छन् ।

भुक्तानीका लागि त्यसरी विदेशी माध्यमको प्रयोग गर्दा यहाँबाट बाहिरिने रकमको लेखाजोखा हुँदैन । यसरी विज्ञापन गरेवापत भुक्तानी हुने रकम अनौपचारिक हुने भन्दै राष्ट्र बैंकले कडाई गर्न खोजेको छ ।

तपाईको प्रतिक्रिया