Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए । शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुदृण गराउन लागि परेका थिए । आज पनि उनी यस अभियानमै छन् । पुर्व किम जोङ–इलका छोरा किमले उत्तर कोरियाको निरङ्कुश व्यवस्थालाई अगाडि बढाइ नै रहेका छन् । आणविक हतियारको परिक्षण बाहेक अन्य कुराले पनि चर्चामा आउने किमका रोचक कुराहरु यस्ता रहेका छन् ।

१. किम जोङले स्कुलको शिक्षा स्विजरल्याण्डबाट लिएका हुन् । निकै गोप्य रुपमा रहेर उनले स्कुलको शिक्षा लिएका थिए । उनलाई स्कुलमा ‘पाक–उन’ को नामले चिनिन्थ्यो । उनलाई पढाईमा कुनै पनि रुची थिएन । उनी पढाइमा जिरो थिए । उनले कुनै पनि परिक्षामा उत्तिर्ण हुन सकेनन् । उनलाई बास्केटबल खेल्नमा रुची थियो । कम्प्युटर खेलमा पनि उनको उत्तिकै रुची रहेको थियो । तर, राजनैतिक अवस्था बिग्रिएपछि किमका पिताले इन्टरनेशनल स्कुल अफ बर्नेबाट निकालेर देशकै स्टेट स्कुलमा ल्याएर पढाएका थिए ।

२. किम २७ वर्षको हुदाँ उनले प्लाष्टिक सर्जरी गरेर हजुरबुबा किम द्धितिय सङको जस्तो अनुहार बनाउने प्रयास गरेका थिए । अरु शासक जवान हुन प्लाष्टिक सर्जरी गर्छन् तर, उनको मामिलामा यो उल्टो साबित भयो ।

३. उनी २९ वर्षको छदाँ ‘द अनिअन न्युजपेपर’ ले ‘सेक्सिएस्ट म्यान अलाइभ अफ २०१२’ भनेर घोषणा गरेको थियो ।

४. धेरैले किम विश्वकै कान्छो उमेर भएको शासक बताउने गर्छन् । तर, हालसम्म उनको उमेर कति हो भनेर थाहा हुन सकेको छैन ।

५. स्वीजरल्याण्डमा छदाँ स्वीस चीजको पारखी बनेका किमले बार्षिक लाखौ पाउण्ड स्वीस चीजमा किन्नमा खर्च गर्थे । तौल बढाएर हजुरबा जस्तो बन्न उनले यसो गरेको धेरैले बताउने गर्छन् ।

६. जब किमको पिताको देहावसन भयो तब नरुने मानिसहरुलाई कोइला खानीमा ६ महिनासम्म काम गर्न पठाइएको थियो । रोएको देखाउन पनि मानिसहरु ठुलो ठुलो आवाज निकालेर राएको बताइएको थियो । केही सम्हालिन नसकिने गरी समेत रोएका थिए । नरुनेहरुलाई जेल सजाय वा अन्य शारिरीक सजाय दिने काम गरिएको थियो ।

७. मिनिस्ट्री अफ द पिपुल आर्म फोर्सका असिसटेन्ट चिफले किम जोङका पिताको निधन पश्चात किमलाई रक्सी खाएर भेट्न आएपछि उनलाई मोर्टरद्धारा कारबाही गरिएको थियो ।

८. किमले आफ्नै काकालाई फाँसीको सजाय दिएका थिए । काकालाई फाँसी दिएको केही दिनपछि काकीलाई पनि फाँसीको सजाय दिएका थिए ।

शासन सत्ताबाट हटाउन आफ्नै काकाले षडयन्त्र गरेको आरोप किमले लगाएका थिए । बाटोमा निर्वस्त्र हिड्न लगाएर काकाको पछाडि कुकुर छोडिएको थियो । कुकुरले टोकाए पश्चात उनलाई फाँसीको सजाय दिइएको थियो । आफ्नो पतिलाई क्रुर सजाय दिएपछि रिसले चुर भएकी काकीलाई पनि फाँसीको सजाय दिने काम किमले गरेका थिए । उनले काकीलाई विष सेवन गर्न लगाएर सजाय दिएका थिए । उनले पिडा सहन नसकी आत्महत्या गरेको समेत बताइन्छ । उनको मृत्यु हुनुको यकिन तथ्य हालसम्म बाहिर आउन सकेको छैन । ९. किम चार–तारे जनरल हुन् । तर, अचम्म के छ भने उनले कुनै पनि मिलिटरी तालिम लिएका छैनन् । १०. किमको हेयरस्टाइल उत्तर कोरियामा निकै पपुलर हेयर स्टाइलमा पर्छ । किमले देशका पुरुषहरुलाई समेत आफ्नो जसरी कपाल काट्न आदेश दिएका थिए । उनको यस हेयर स्टाइललाई ‘एम्बिसियस’ को नाम दिइएको छ ।

तपाईको प्रतिक्रिया