Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौँ – ब्रजिलका चर्चित फुटबल खेलाडी नेमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्।

साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावमा उक्त मुद्दा निलम्बन गरिएको तर अन्तिम निर्णयको लागि त्यो अभियोजनकर्ताकहाँ पठाइने जनाएको छ।

ब्रजिलकी एक मोडल नाजिला त्रिन्दाजीले नेमारले गत मे महिनामा फ्रान्सको प्यारिसस्थित एउटा होटलमा आफूमाथि हातपात गरेको बताएपछि उक्त अनुसन्धान सुरु गरिएको थियो।

नेमारले ती महिलाले लगाएका आरोपहरूको खण्डन गर्दै आफूबाट पैसा असुल्न खोजिएको दाबी गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया