Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – पेन्गुइन हिउँमा पाइने चरा हो । यो जन्मेदेखि मर्दासम्म हिउँमाथि बस्छ । हिउँ नै यसको संसार हो । हिँउमाथि मानिसजस्तै दुई खुट्टाको सहाराले सीधा भएर हिँड्छ । हिउँमाथि हिँड्न र हिउँमुनिको पानी पौडन निकै माहिर यो चरा आफंैमा प्रकृतिको अनुपम उपहार हो ।  पेन्गुइनका विभिन्न प्रजाति हुन्छन् । हालसम्म पत्ता लागेका पेन्गुइनका प्रजातिमा १८ थरिका रहेका छन् । यी प्रजाति अन्टार्कटिकादेखि भूमध्यरेखासम्म पाइएका छन् । हाल हिउँमा बस्ने पेन्गुइनका प्रजाति निकै संकटमा परिरहेका छन् । विश्व तापमानका कारणले ध्रुवीय हिउँ पग्लने र पहिरो जाने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ ।

१८ प्रजातिमध्ये मुख्यतः जेन्टु, किङ, इम्पेरर, एडेली, चिन्स्ट्राप, सानो वा फेयरी, ब्लु, म्यागल्यानिक, हम्बोल्ट, ग्यालापागोस्, अफ्रिकन, पहेंलो आँखे, फियोडर्डल्यान्ड, स्नेयर्स, इरेक्टक्रेस्टेड, सदर्न रकहोपर, नर्दर्न रकहोपर, रोयल, म्याकारोनी आदि रहेका छन् ।पेन्गुइन विशेषज्ञहरूले यसको जीवांश अध्ययनबाट पेन्गुइनका प्रजाति २५ वटा रहेको पाइएको छ । तर, धेरैजसो त लोप भएर हराइसकेका छन् । पहिलेपहिले अन्टार्कटिका महादेशमा पाइने पेन्गुइन हिउँ पग्लिएपछि पग्लिएको हिउँपानी र आइसवर्गसँगै दक्षिण अफ्रिका, चिली, पेरु, ग्यालापागोस द्वीप, न्युजिल्यान्ड, अस्टे«लियालगायतका देशमा पेन्गुइन बगेर आई भेटिन थालेका छन् ।

हिउँ भए पनि दक्षिणी गोलाद्र्धमा भने पेन्गुइन पाइएका छैनन्् । सुरुमा पेन्गुइन नामकरण कसरी गरियो ? यो भने आश्चर्यको विषय बनेको छ । जानकारीमा आएअनुसार चराजस्तो तर चराकै प्रजातिमा नपर्ने भनेर पेन्गुइन नाम दिइएको बताइएको छ । यो नाम निकै पुरानो नाम हो । त्यसो भए पेन्गुइन चरा होइनन् त ? चरा त हुन्, तर अरू चरा जस्ता होइनन् । पहिलेपहिले त मानिसहरूले यिनलाई स्तनधारी नै सम्झन्थे । पेन्गुइनका पखेटा हुन्छन्, फुल पार्दछन् र बच्चा कोरल्दछन् । ती उड्न सक्दैनन् । तिनीहरू तातो रगत भएका प्राणी हुन् ।

यिनीहरूको प्वाँख हुन्छन् । तर, प्वाँखहरू निकै छोटा र मसिना हुन्छन् । यिनका शरीरमा यति धेरै र साना मसिना प्वाँख हुन्छन् कि हाँसजस्तै यिनीहरूको शरीर कहिल्यै पनि पानीमा भिज्दैन । खुट्टामा पनि कुचालक पत्रले पुरै बेरेको हुन्छ र चिसो शरीरमा पस्दैन । खुट्टा छोटा र मजबुत हुन्छन् । यति छोटा खुट्टामा पनि घुँडा हुन्छन् । अचम्मको कुरा त के भने यी घुँडाहरू हिउँमाथि हिँड्दा सीधासीधा हिँड्ने भएकाले पानीमा पौडिदा मात्र खुम्चने र निकै गतिमा पौडन सहयोगी सिद्ध हुने गरेका छन् । पेन्गुइनका लागि हिँड्नु निकै कठिन काम हो भने पानीमा पौडिनु त हावामा उड्नुबराबर नै हो । भनिन्छ, सिकारी सार्क र ह्वेलका गतिहरू पनि पेन्गुइनले सजिलै छल्ने र छक्याउने गर्दछन् ।

चिसो वातावरण र हिउँमा बस्ने प्राणी वा चरा भए पनि यिनीहरूले जाडो याममा चिसोको अनुभूति गर्दछन् । पानीमा बस्ने भए पनि माछाले पुसको महिना पुरै र माघको आधासम्म ‘मिन पचास’ अर्थात् माछाका लागि ५० दिने जाडोको समय मानिन्छ । त्यसैगरी, हिउँमा बस्ने पेन्गुइनले पनि जाडो मान्ने गर्दछन् । जाडो मौसममा पोथी पेन्गुइनले पारेको अण्डा भाले पेन्गुइनले बच्चा नकोरिलासम्म आफ्ना खुट्टामा राखेर चिसोबाट बचाई बच्चा निकाल्दछन् । यो विशेष गरी अति जाडो पनि सहन सक्ने इम्पेरर प्रजातिको पेन्गुइन र त्यसमा पनि भाले जातकाले सहन गर्न र यो दायित्व वहन गर्न सक्छन् । यो कठिन काम भाले पेन्गुइनले गरिरहँदा पोथी पेन्गुइन भने समुद्रमा डुल्ने र माछा खाने गरिरहेका हुन्छन् ।

पेन्गुइनका खुट्टाहरू चिसिने र जम्ने पनि गर्दछन्् । तर, यिनीहरूको शरीरमा ताप पैदा गर्ने अनौठो शक्ति हुन्छ । यो ताप मुटुबाट नै पैदा हुन्छ र उनीहरूको खुट्टासम्म प्रसार हुन्छ । फेरि त्यो चिसिएको रगत मुटुमा फर्कन्छ । यतिले पनि नपुगेमा उनीहरूको शरीर र मुटुमा प्रतिताप पैदा हुन्छ । यसले उनीहरूको जीवन समाप्त हुनबाट बचाउँछ । सेटेलाइटको माध्यम र सहयोगबाट पेन्गुइन गणना गरिँदै आइएको छ । किङ पेन्गुइन तीन हात अग्ला हुन्छन् । हाल लोप भइसकेका प्रजातिमध्ये एन्थोपोर्निस नोर्डेन्स्क्जोल्डी भनिने पेन्गुइन त चार हात अर्थात् मानिस जतिकै अग्ला हुने गर्दथे । हिम चितुवा नै पेन्गुइनको सबैभन्दा ठूलो शत्रु हो । हुन त सिल माछा र सार्क तथा अन्य माछाहरूले पनि पेन्गुइनको सिकार गर्ने र खाने गर्दछन् । हिउँ भालु पनि पेन्गुइनका लागि उत्तिकै खतरा मानिन्छ ।

तपाईको प्रतिक्रिया