काठमाडौं – राजधानी येरेभानबाट १५० किलोमिटर दुरीमा पर्ने आर्मेनियन गाउँ लेर्नाग्युघ अस्ताउदै छ।
पहिलेको सुदृढ समुदाय हाल आएर चार जनामा सीमित भएको छ। दुर्गम यो गाउँ जाडो याममा देशका अन्य भागबाट अलग्गिन्छ र यहाँ विद्यालय जस्ता आधारभूत सेवा पनि छैन।
यहाँको अवस्था यति नाजुक छ कि यहाँका दुई परिवारमध्य ६० वर्षीय निकोल मार्तिरोस्यान र उनकी श्रीमती हेयकुश निकोघोस्यान गाउँ छोड्नेबारे सोच्दैछन्।
अर्को परिवारका ह्रान्त मिनास्यान र उनकी श्रीमती मार्गरिट कोचोयान यस गाउँमा ३० वर्षदेखि बस्दै आएका छन्। ह्रान्त ६२ वर्षका भए र उनको मृत्यु पश्चात् उनको परिवार लेर्नाग्युघमा बस्छ भन्ने उनलाई झिनो आशा छ। उनका एक छोरा विदेशमा काम गर्छन् र अर्का छोरा अर्कै गाउँमा बसाई सरेका छन्। ***