काठमाडौं – भारतको पूर्वोत्तरमा पर्छ आसाम राज्य । यो राज्यको गुहाटी सहर् नजिकै एउटा मन्दिर छ । यो मन्दिरको नाम ‘माँ कामाख्या’ हो ।
भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये यो शक्तिपीठ प्रसिध्द मानिन्छ । यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो । योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ ।
त्यसैकारण भक्तजनहरूले यो स्थानलाई साधनका लागि प्रमुख केन्द्रका रुपमा लिन्छन् । यो मन्दिरमा जसको पनि ईच्छा पूरा हुन्छ । सोही कारण यो मन्दिरको नाम कामाख्या मन्दिर राखिएको हो ।
मन्दिरको तीन भाग छ । पहिलो भाग सबैभन्दा ठूलो छ । यो ठाउँमा सबैलाई प्रवेशको अनुमति छैन । दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ । त्यहाँ कुनै मूर्ति छैन ।
तर, एउटा ढुंगा छ । त्यो ढुंगाबाट पानी बगिरहन्छ । यो ढुंगाबाट महिनामा एक पटक रगतको धारा पनि आउने गर्छ । यो किन हुन्छ आजसम्म कसैलाई थाहा छैन । ***