Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – साइबर सेक्योरिटी फर्म स्प्लास डाटा कम्पनीले सन् २०१८ का सबैभन्दा कमजोर २५ वटा पासवर्डको सूची सार्वजनिक गरेको छ । सन् २०१८ मा सबैभन्दा धेरै हृयाक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको हो ।

साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो । वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचीमा १, २, ३, ४, ५, ६ सबैभन्दा अगाडि रहेको छ । १, २, ३, ४, ५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्यस्तै १, २, ३, ४, ५, ६ शव्द कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको पनि पाँचौ पटक हो । अनलाइन सेक्योरिटी विज्ञहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्ना पासवर्डको सुरक्षाका विषयमा लगातार सचेत पारिरहेका छन् । त्यसका बाबजुत पनि विश्वका लाखौं मानिसहरुले आफ्नो इमेल, स्मार्टफोन, ल्यापटप, कम्प्युटर तथा अन्य डिभाइस र अकाउन्टहरु सुरक्षित बनाउनका लागि यस्तै कमजोर वा सजिलैसँग अनुमान गर्न सकिने खालका पासवर्ड राखिरहेका छन् ।

सन् २०१८ मा हृयाक भएका ५० लाख अकाउन्टहरुमा आधारित भएर उक्त अध्ययन गरेको हो । रिपोर्टअनुसार पछिल्लो एक वर्षमा विश्वभरका १० प्रतिशत मानिसहरुले ती २५ वटा खराब पासवर्डमध्ये कुनै एकको प्रयोग गरेको पाईएको छ ।***

तपाईको प्रतिक्रिया