Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीको १६ औँ सत्याग्रहको दोश्रो दिन आज पनि जारी छ ।

संसदीय समितिले डा. केसीसँगको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह शुरु गर्नुभएको हो ।

डा. केसीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ ।

यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना सुरु गर्नुपर्ने र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत माग राखेका छन् ।

सरकारले आफूलाई धोका दिएको भन्दै डा केसीले आफ्नो सत्याग्रह कुशासनविरुद्ध समेत भएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया