Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – जापानले उदयपुरमा आँखा अस्पताल निर्माण गर्न नेपाललाई ८८ लाख रुपैयाँ अनुदान सहयोग स्वरुप दिने भएको छ । सहयोग उपलब्ध गराउने सम्बन्धी सहमतिपत्रमा आज काठमाडौंस्थित जापानी दूतावास र नेपाल नेत्र ज्योती संघ उदयपुरका पदाधिकारीबीच हस्ताक्षर भएको हाे ।

सहमतिपत्रमा जापानको तर्फबाट नेपालको लागि जापानी राजदूत मासामिची साइगो र नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भगवत राउतले हस्ताक्षर गर्नुभयाे । काठमाडौंस्थित जापानी दूतावासका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा उक्त आँखा अस्पताल निर्माण गरिने छ । ‘जापान सरकारको तल्लो तहमा मानविय सुरक्षा सम्बन्धी परियाेजना अन्तर्गतको अनुदान सहयोगमा उदयपुरमा आँखा अस्पताल निर्माण गर्न लागिएको हो,’ काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

आँखा अस्पताल निर्माण गर्न जापानले ८१ हजार १ सय ९२ अमेरिकी डलर (करिब ८८ लाख रुपैयाँ) अनुदानस्वरुप उपलब्ध गर्नेछ । ‘अस्पताल निर्माण गर्नुको मुख्य उदेश्य उदयपुर र वरपर बस्ने जनताको आँखा सम्बन्धी हेरचाहमा पहुँच बढाउनु र गुणस्तरीय सेवा प्रदान गर्नु हो,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाले नेपाल–जापान सम्बन्धलाई थप मजुबत बनाउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया