काठमाडौं – उर्जामन्त्री वर्षमान पुनले यो वर्ष नेपालले भारतलाई ७ करोड रुपैयाँको बिजुली बेचेको बताउनुभएकाे छ । उर्जामन्त्री पुनले भारतको उत्तरप्रदेश र विहारमा यो वर्ष ७ करोड रुपैयाको बिजुली बेचेको जानकारी दिनुभएकाे हाे ।
नेपालमा कम हुँदा किन्ने र बढी हुँदा बेच्ने नियम अनुसार बढी भएको बिजुली भारतलाई बेचिएको उहाँले बताउनुभयो । यसै हिसाबले भारतलाई दिनुपर्ने भुक्तानीमा ७ करोड रुपैयाँ घटाएर भुक्तानी गरिएको पनि उहाँले स्पस्ट पार्नुभयाे ।