मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । तसर्थ, मासको दाल खाएपछि करिब २ घन्टापछि भने दूध पिउन सकिन्छ ।
नुन
नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पु-याउँछ ।
अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानु हुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने
सम्भावना रहन्छ ।
दही
दूध र दही एकै किसिमका खाद्यपदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।
माछा
दूध पिएलगत्तै माछा खाँदा स्वास्थ्यमा हानि पुग्छ । माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ ।
तपाईको प्रतिक्रिया