Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नुन सबैका लागि अनिवार्य खाद्यपदार्थ हो । यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक छ । तर, यसको मात्रा बढी लिएमा भने स्वास्थ्यमा हानि पुग्छ ।

नियन्त्रण गर्न

  • सकेसम्म खानामा नुनको मात्रा कम गर्ने ।
  • मानिसले प्रायः खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
  • फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।
  • घरमै बनाएको खाना खानुपर्छ । र, खानामा धनियाँ, खुर्सानी, जायफल, अदुवालाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ ।
  • शरीरमा नुनको मात्रा बढी भएमा कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ, जसलाई ‘वाटर रिटक्सन’ पनि भन्ने गरिन्छ ।

त्यस्तै, बढी नुन खाँदा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्यासमेत हुने गर्छ ।

तपाईको प्रतिक्रिया