Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अहिले रायो साग पाइने सिजन हो । जाडो याममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी धेरैको रोजाइमा पर्ने गर्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । रायोलाई पकाएर, काँचै वा सिजनिङ गरेर खान सकिन्छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ । अब जानौँ यसका फाइदाबारे :

-रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।

-रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।

-रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।

-रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।

-शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ ।

-जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ।

-रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

-रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ ।

-रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्दछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया