काठमाडौं – सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ ।
चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।