Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – भारु दुई सयका नोट नेपालमा नचल्ने भएको छ । यसअघि भारु पाँच सय र दुई हजारको नोट नेपालमा प्रतिबन्ध लगाइएकोमा अब २ सयका नोट पनि प्रचलनमा नल्याइने भएको हो ।

मन्त्रिपरिषदको बैठकले भारतले हालै ल्याएका २ सयमाथिका नयाँ नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले गरेको सो निर्णयको बिहीबार मात्रै सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयाे । अब भारु २ सय, ५ सय र २ हजारका नोटको कारोबार नेपालमा गैरकानुनी हुनेछ । भारु १ सय वा सोभन्दामुनिका नोटहरु भने चलनचल्तीमा रहनेछ ।

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै पाँच सय र हजारका पुराना नोट विस्थापित गरी नयाँ नोटहरु प्रचलनमा ल्याएको हो । नेपालमा रहेका पुराना नोट सटहीका सम्वन्धमा भारतले चासो दिएको छैन ।

तपाईको प्रतिक्रिया