काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ९२ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ५२ पैसा रहेको छ । एक युरोको खरिददर १३० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ०७ पैसा र बिक्रिदर १४४ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।
यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ६० पैसा र बिक्रिदर ३७९ रुपैयाँ ५८ पैसा रहेको छ ।