Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – मानव शरीरमा रहेका कोषको वृद्धि र विभाजन शरीरको आवश्यकताअनुसार हुन्छ । तर, कहिलेकाहीँ स्तनमा अनावश्यक रूपमा कोष वृद्धि हुन थाल्छ । यस्तो हुँदा क्यान्सरको जोखिम हुन्छ । कोषमा आउने अनावश्यक परिवर्तनका कारण स्तनमा गिर्खा, गाँठागुठी, घाउ निस्कने हुन्छ । जसलाई स्तन क्यान्सर भनिन्छ । शारीरिक रूपमा कम सक्रिय हुनु, व्यायामसमेत नगर्ने भएका कारण स्तन क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढ्दो छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कसरी थाहा पाउने ?
फोका उठ्नु स्तन क्यान्सरको पहिलो लक्षण हो । स्तनमा डल्ला आउँदैमा क्यान्सर भइसकेको हँुदैन । तर, कतिपय अवस्थामा डिनाइनका कारण फोका देखिने हुन्छ । जुन क्यान्सरको लक्षण होइन । तर, अधिकांश महिला फोका आउनासाथ क्यान्सर नै होला भनेर झुक्किराखेका हुन्छन् । स्तनमा भेटिएको गिर्खा कडा हुँदै गएमा, नहल्लिने भएमा र बढ्दै गएमा स्तन क्यान्सरको लक्षण हो भन्ने बुझ्नुपर्छ । यदि त्यो डल्ला सामान्य रूपमा चल्ने छ भने त्यो हाइड्रो एडिडोमाको लक्षण हो । जुन सामान्य उपचारबाटै निको हुन्छ । यसबाहेक स्तनमा दागहरू देखापर्नु, मुन्टा भित्र जानु, छालामा निको नहुने घाउ आउनु आदि पनि स्तन क्यान्सरका लक्षण हुन् ।

रोगका कारण
सामान्यतया स्तनवरिपरि गिर्खा वा गाँठागुठी आएमा क्यान्सर नै भइहाल्ने हो कि भन्ने सोचिन्छ । तर, नरम गाँठा आउनासाथ क्यान्सर भइसकेको हुँदैन । वंशानुगत गुण, जंकफुड खाँदा, मदिरा वा सुर्तीजन्य पदार्थ सेवन गर्दा शरीरमा रोगसँग लड्ने क्षमतामा कमी आउँछ । अनि, क्यान्सर हुने सम्भावना रहन्छ । हर्मोनमा गडबडी आउनु, परिवार नियोजनको साधन पिल्सको अत्यधिक प्रयोग गर्नु वा जिनमा खराबी आएमा स्तन क्यान्सर हुन्छ । यस्तै, लामो समयसम्म बच्चालाई दूध नखुवाउनु, बाँझोपन, महिनावारी गडबडी पनि स्तन क्यान्सरका कारण हुन् ।

उपचार
क्यान्सर भएको झट्टै थाहा नहुने हुँदा स्तनको नियमित जाँच गराइराख्नु नै बुद्धिमानी हुन्छ । स्तनमा गाँठा देखिँदा महिनावारीको कारणले भएको हो भन्ने भ्रम व्याप्त छ । यस्तो भ्रम पाल्ने कारण स्तन क्यान्सर भएको ढिलो पत्ता लाग्ने गर्छ । अनि, रोग जटिल हुँदै जान्छ । तसर्थ, स्तनमा गाँठागुठी आएमा तुरुन्त चिकित्सककहाँ जान जरुरी छ ।

स्तन क्यान्सरको उपचार यसको आकार र अवस्था हेरेर हुन्छ । महिनावारी हुनुअघि र पछिका छुट्टाछुट्टै विधि छन् । शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी तथा टार्गेटेड थेरापीबाट क्यान्सरको उपचार गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया