काठमाडौं – सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको छ ।
सुन मंगलबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली बजारमा सुन महंगो भएको महासंघले जनाएको छ ।
अमेरिकी १ डलर मंगलबार १ सय १४ रुपैयाँ ४५ पैसामा बिक्री भैरहेको छ । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ३० चाँदी रुपैयाँमा कारोबार भैहरेको छ ।