Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – धेरै रेमिट्यान्स भित्र्याउने दक्षिण एसियाली मुलुकहरुको सन् २०१८ को सूचीमा नेपाल चौथो स्थानमा परेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेशन एण्ड डेभलेपमेन्ट ब्रीफ ३०’ प्रतिवेदनले यो वर्ष दक्षिण एसियामा धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको चार नम्बरमा नेपाल परेको छ ।

प्रतिवेदन अनुसार नेपालले यो वर्ष ८ अर्ब २ करोड अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्र्याउने छ । त्यस्तै धेरै रेमिट्यान्स भित्र्याउने देशहरुको सूचीमा भार ७९ अर्ब ५ करोड अमेरिकी डलरसहित पहिलो स्थानमा छ भने पाकिस्तान र बंगलादेश क्रमश द्रोश्रो तथा तेश्रो स्थानमा रहेका छन् जस अनुसार पाकिस्तानले २० अर्ब ९ करोड अमेरिकी डलर , बंगलादेशले १५ अर्ब ९ करोड अमेरिकी डलर भित्र्याउने छन् ।

त्यस्तै, ७ अर्ब ६ करोड अमेरिकी डलर भित्र्याउँदै श्रीलंका पाँचौ स्थानमा रहेको छ । भारत रेमिट्यान्स भित्र्याउने देशहरुको  सूचीमा विश्वकै पहिलो स्थानमा रहेको छ । न्यून तथा मध्यम आय भएका मुलुकहरुमा आउने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढ्ने बैंकको विश्वास रहेको छ । क्षेत्रगत हिसाबले सेन्ट्रल एसिया र युरोपमा २० प्रतिशतले बढेको छ भने दक्षिण एसियामा १४ प्रतिशतले बढेको छ ।

प्रतिवेदन अनुसार रेमिट्यान्समा धेरै निर्भर हुने देशहरुको सुचीमा भने नेपाल पहिलो स्थानमा रहको छ जसअनुसार नेपालको जिडीपीको अनुपातमा ३०.१ प्रतिशत रहेको छ । यो सूचीमा नेपाल विश्वमै चार नम्बरमा रहेको छ । नेपाल भन्दा अघि क्र्याग रिपब्लिक, टोंग, ताजकस्तान रहेको छन् । प्रतिवेदनले विश्वका हरेक सातमा एक जना मानिसले रेमिट्यान्स कि त पाउने वा पठाउने गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया