Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सिटी एक्स्प्रेसले ‘लखपति एक्स्प्रेस’ उपहार योजनाको दोस्रो महिनाको विजेता घोषणा गरेको छ । मलेसियाको मर्चण्ट्रेडबाट पैंसा पठाई दोस्रो महिनाको १ लाखको मासिक लक्‍की ड्रमा परी पर्साका बिनोद अग्रहरी विजेता हुनुभएकाे हाे ।

कार्यालयको भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको हो । उक्त योजनाअन्तर्गत उपभोक्ताहरुले लक्की ड्रमार्फत ९२४ जनाले २०० सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार र १ जनाले १ लाख जितिसकेका छन् । ‘लखपति एक्स्प्रेस’ उपहार योजनाअन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्नसक्ने छन् ।

त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताले १० हजार र हरेक महिना लक्‍की ड्रमा विजयी हुने एकजनाले एक लाख जित्न सक्नेछन् । उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्ने छन् । यो योजना मंसिर २९ गतेसम्म मात्र लागू हुनेछ।

तपाईको प्रतिक्रिया