Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – नेपाल र बङगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसँग ऊर्जा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको हो ।

बैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । नेपाल-बङगलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको बैठक सोमबार र मंगलबार बस्ने तय भएको ऊर्जा मन्त्रालयले जनाएको छ । बैठकमा सहभागी हुनको लागी बङगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै अाज काठमाडौं आइपुगेका छन् ।

नेपालको तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले बैठकको नेतृत्व गर्नेछन् । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक समेत तय भएको छ । बैठकमा क्रस वोर्डर इन्टर कनेक्शनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारबारे समेत दुईपक्षबीच वार्ता हुनेछ ।

त्यसैगरी नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया