Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – आफ्नी छोरी निर्मलामाथि बलात्कार गरी हत्या गर्नेलाई छिटो पक्राउ गर्न माग गर्दै धर्नामा बस्दा मानसिक सन्तुलन गुमाएका यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा केही सुधार भएको छ ।

आइतबार काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो । सिसियु कक्षामा उहाँको उपचार भैरहेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताउनुभयाे । उहाँका अनुसार, यज्ञराजको अवस्थामा केही सुधार आएको छ । डाक्टरले निद्राको कमी र खानाको गडबडीले गर्दा पन्त यस्तो अवस्थामा पुगेको बताएका छन् । ‘राम्रोसँग सुत्न नपाएको, खानाको गडबडी र तनावका कारण उनी बिरामी भएका हुन् भनेर डाक्टरले भन्नुभयो,’ दुर्गादेवीले भन्नुभयाे,’यहाँ ल्याएपछि केही आराम भएको छ उनलाई । धेरै बोलेका छैनन् । शान्त छन् ।’

हप्ता दिन अघिबाट बर्बराउन र धेरै बोल्न थालेका यज्ञराज धर्नामा बसेको ठाउँबाट उठेर बेहोसीमा हिँड्न पनि थालेपछि उनलाई सुरूमा सेती अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ निद्राको औषधि दिइयो । आइतबार बेहोस बनाएरै काठमाडौं ल्याइएको हो । निर्मला गत साउन १० गते साथीको घरमा होमवर्क गर्न भन्दै गएकी थिइन् । उनी फर्केर आइनन् ।

खोजी गर्दागर्दै भोलिपल्ट उल्टाखाम भन्ने ठाउँको उखुबारीमा उनी मृत अवस्थामा फेला परेकी थिइन् । उनलाई बलात्कार गरी मारिएको पोष्टमार्टम रिपोर्ट आएको थियो । उनको हत्यामा अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्ली विष्टलगायतलाई बर्खास्त गरिएको छ । हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया