Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

गलेश्वर – देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर रु ६ लाख ५० जुटाएका छन् । सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन् । आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि विद्यार्थीले स्थानीयवासीको घरदैलोमै पुगेर देउसीभैलोमार्फत उक्त रकम जुटाएका शिक्षक यामप्रसाद विश्वकर्माले बताउनुभयो ।

“मावि तहमा दरबन्दी नहुँदा शिक्षकलाई समुदायले तलब खुवाउनुपर्छ,” उहाँले भन्नुभयो, “निजी स्रोतका शिक्षकको तलबभत्तामा वार्षिक रु १० लाख खर्च हुन्छ ।” विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ । लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा विद्यार्थीले देउसीभैलो खेलेर रकम जुटाएपछि सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक नीजि स्रोतका छन् । आधारभूत तहमा समेत समस्या छ ।

तपाईको प्रतिक्रिया