Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौंँ – सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोडिनेदेखि फुर्सदिला मानिसका लागि समय बिताउने राम्रो माध्यम बनेका छन् सोसल मिडिया ।

सामाजिक सञ्जाल प्रयोगकर्ताको तथ्याङ्क हेर्ने हो भने नेपालमा फेसबुकमात्र प्रयोग भएको ९५ लाख पुगिसकेको छ । त्यसमध्ये राजधानीमा मात्र ५४ लाख फेसबुक अडियन्स इनसाइटमा उल्लेख छ । त्यस्तै फेसबुक प्रयोगकर्ता महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै बढी छ । सन् २०१८ अप्रिल १५ सम्म नेपालमा इन्स्टाग्राम १२ लाख जनाले प्रयोग गरेको पाइएको थियो भने ट्वीटर दुई लाख ३० हजार तथा युट्युव तीन लाख ८० हजार जनाले प्रयोग गर्ने गरेको पाइएको छ ।

नेपाल बैङ्क लिमिटेडबाट अबकास जीबन बिताउँदै गर्नुभएका राधिका जोशीको समय बिताउने तथा साथीभाइसँग कुरा गर्ने राम्रो माध्यम बनेको छ सामाजिक सञ्जाल । जोशी भन्नुहुन्छ,‘अहिले काम छैन् । छोरा बुहारी अफिस जान्छन् । घरमा एक्लै हुन्छु, त्यसैले फेसबुक तथा विभिन्न साइट चलाएर दिन बिताउँछु ।’

यस्ता समाजिक सञ्जालको माध्यमबाट धेरै कुराको ज्ञानको साथै साथी तथा परिवारको अरु सदस्य सँग राम्रो सम्बन्ध बनेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “यो सामाजिक सञ्जालकै कारण यस्तो बुढेसकालमा पनि ५० वर्ष पहिले स्कुल पढ्दाको साथीसँग कुरा भइरहेको छ ।”

samajik-sanjal_2

काठमाडौँ विश्वविद्यालयमा पत्रकारितातर्फ अध्ययनरत श्रेया श्रेष्ठको लागि सामाजिक सञ्जाल ‘बेस्ट फ्रेन्ड’ बनेको छ । उहाँ आफ्ना भावनालाई सामाजिक सञ्जालमा पोख्ने गर्नुहुन्छ । रमाइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ सामाजिक सञ्जाल ।

सामाजिक सञ्जाल ठूलाठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँ त हुँदै हो, सूचनाको स्रोत पनि बनेको छ । यस्तै यो केही युवाका लागि अन्तरमनको साथी बनेको छ । श्रेया भन्नुहुन्छ, “कसैलाई रिस पोख्ने माध्यम पनि बनेको छ, कति कुराहरू सिधै भन्न सकिँदैन, सोसल मिडियाबाट भन्न सकिन्छ ।’

कसैसँग खुसी हुँदा धन्यवाद भन्न होस् वा कसैसँग रिस उठ्दा रिस पोख्न, सामाजिक सञ्जाल सहयोगी बनेको छ । एक्लै हुँदा पनि सामाजिक बन्न सघाउने साथी बनेको छ । कसैको प्रतिक्रिया आश गरेर केही कुरा ‘पोस्ट’ गर्दा कहिलेकाहीँ अलग प्रतिक्रिया भएको छ । तर प्रतिक्रिया आश नगर्ने हो भने कम्तीमा आफ्ना भावना पोखिसकेपछि एक किसिमको राहत महसुस हुने गरेको श्रेयाको अनुभव छ ।

तपाईको प्रतिक्रिया