Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं भारतीय क्रिकेटका कप्तान महेन्द्रसिंह धोनी खाली खुट्टै स्वदेश फर्किएका छन् ।
क्रिकेटका विभिन्न कार्यक्रममा भाग लिन आएका धोनी पशुपतिनाथ दर्शन गर्दा भीडले जुत्ता लगाउन नसकेपछि खाली खुट्टै फर्किएका हुन् ।
धोनी बिहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त रहे । बिहान राष्ट्रपति रामवरण यादवसँग भेटे, त्यसपछि सीधै माइती नेपाल गए अनी पशुपति नाथ मन्दिर पुगेका थिए ।
पशुपतिमा उनी पुग्दा हल्लाखल्ला थिएन । भित्र पसेपछि धोनी आएको हल्ला चल्यो, एकाएक भीड बढ्यो । बाहिर निस्कँदा प्रहरीले भीड नियन्त्रण गर्न सकेन । भित्र पस्दा खोलेको जुत्ता खोज्न पनि भ्याएनन् उनले र सीधै गाडी चढेर विमानस्थल गए ।
राष्ट्रपतिसँगको भेटमा धोनीले नेपाल आउन पाएकोमा खुशि लागेको वताएका थिए । धोनीले आफू नेपाली क्रिकेटका लागि गर्न सक्ने सहयोग गर्ने वताएका छन् ।
नेपालको क्रिकेट खेलको विकासमा सहयोग गर्न आग्रह गर्दै सरकारले धोनीलाई सद्भावना दूत घोषणा गरेको छ । भारतीय दूताबासको पहलमा भारतीय क्रिकेट टोलीका कप्तान धोनी श्रीमती साक्षी सहित दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।
यसअघि शनिवार नेपाल आएलगत्तै कप्तान धोनीले एशिया कपको तयारी गरिरहेको १९ वर्ष मूनिका क्रिकेट खेलाडी, अन्य नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी तथा पदाधिकारीसँग अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर अन्तरक्रिया गरेका थिए ।
त्यसपछि हिजै दिउँसो होटल याक एण्ड यतिमा पनि अन्तरक्रिया गरेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया