Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – नेपालको आर्थिक स्थायित्वका लागि विश्व बैंकले १० करोड डलर सहयोग स्वीकृत गरेको छ । वित्तिय क्षेत्रमा मध्यावधिक सुधार कार्यक्रम अन्तर्गत सहयोग गरिएको विश्व बैंकले जनाएको छ ।

संघियताको स्थानीय ढाँचाका लागि सहयोग गर्ने विश्व बैंकको कार्यकारी निर्देशक सहितको बोर्ड बैठकले निर्णय गरेको छ । आगामी  ५ वर्षका लागि सो कार्यक्रम सञ्चालन गरिनेछ ।

संघियताको कार्यान्वयन सँगै उत्तरदायी सेवाका लागि सो रकम खर्च गरिने छ । नेपालको समृद्धिका लागि संघियताले ठूलो सहयोग गर्ने बिश्वास विश्व बैंकका नेपाल निर्देशक क्मिाओ फानको छ ।

अमेरिकामा रहेका अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकसँगको सहकार्यमा मुलुकमा सुरक्षा, न्याय, सुशासन सहित विकासको अवसर खोल्ने आशा ब्यक्त गर्नुभएको छ ।

नेपाली मोडल अनुसार विश्व बैंकको सहयोग केन्द्रित रहने मन्त्री खतिवडाले विश्वास ब्यक्त गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नेपालमा हाल २१ वटा योजनाहरु सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया