Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं- करिब साढे ६ बर्ष अघि सात महिनाको उमेरमा कुकुरले टोकेर लिंग गुमाएका प्यूठानका एक बालकको विशेषज्ञ सर्जनहरुले शुक्रबार पुन नयाँ लिंग बनाइदिएका छन् ।
सुष्मा कोइराला मेमोरियल हस्पिटलका प्लास्टिक तथा युरो सर्जन टोलीले ती बालकको लिंग लम्वाईसमेत बढ्ने गरी बनाइदिएका हुन् ।
घरमा सुतिरहेको अवस्थामा ती बालकको लिंग कुकुरले पूर्णरुपमा खाइदिएको थियो । बालकका बुबा गिरबहादुर केसीले ज्यान जाने अवस्थामा अस्पतामा पुर्‍याएर बचाएको बताउनुभयो । बालकको लिंग भने रहेको थिएन । चिकित्सकका अनुसार विगत एक बर्षदेखि उनलाई पिसाब फेर्न समेत अप्ठेरो भईरहेको थियो । कक्षा एकमा अध्ययनरत उनी हालसम्म बसेर मात्र पिसाब फेर्न सक्थे ।
यसरी खाएको थियो लिंग
प्युठान बाँदीकोटका ८ बर्षीय सन्तोष केसी जन्मने बेलामा  सामान्य जन्मेका थिए । तर  उनि जन्मेको ७ महिनामा उनकी आमा सन्तोषलाई बिहान ओच्छ्यानमा सुताएर घाँसपात गर्न गएको बेला छिमेकीको कुकुरले सन्तोषको लिङ्ग खाइदिए पछी उनी लिंगबिहिन बनेका हुन् | कुकुरले खाइदिएको उनको लिंगको घाउ अहिलेसम्म निको भएको छैन |
अभिभावकले वालकको घाउ निको पार्न मात्रै घरमा भएभरको जग्गा जमिन बन्धक राखेका छन् | तर  भारतको लखनउमा डाक्टरहरुलाई देखाउँदा उपचारका लागि करिब १० लाख रुपैयाँ लाग्ने बताएपछि  उपचारको माया मारेका छन् ।
‘अलि अलि भएको जग्गा बेचेको पैसा उपचारमा खर्च भइसक्यो’ उपचारका लागि सहयोग जुटाउन सदरमुकाम खलंगा आएकी आमा बिजुलाले भन्नुभयो ‘जसरी भएपनि उपचार त गर्नुपरयो भनेर सहयोग पाउने आशमा हिडेकी हुँ ।’ घाउ निको पार्न भारतको लुधियानामा अपरेशन गराएपनि बालक ठुलो हुँदै जाँदा घाउ भएको ठाउँमा मासु पलाएपछि पिसाब गर्ने प्वाल टालिदै गएको छ ।
यसले वालकलाई पिसाव गर्न समेत समस्या भएको छ । पिसाब गर्ने ठाउँ सानो हुँदै गएकोले बालकले रुँदै पिसाब फेर्ने गर्छन् । एकपटमा पिसाव गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने, पेट दुख्यो भन्दै कराउने गरेको आमाले बिजुलाले बताउनुभयो । चिकित्सकहरुले सानो उमेर छँदै अपरेसन गराउन सुझाव दिएका छन् । चिकित्सकका अनुसार कृतिम लिंग बनाएर अप्रेशन गरी मिलाउन सकिन्छ । तर त्यसको लागि लाग्ने रकम उनको अभिभावक संग छैन |

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया