Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाएको खेलमा पोर्चुगलले २०१८ फिफा विश्वकपमा मोरक्कोलाई पराजित गरेको छ । समूह ‘बी’को खेलमा पोर्चुगलले मोरक्कोलाई १-० गोलले पराजित गरेको हो ।

जितसँगै पोर्चुगलले २ खेलबाट ४ अंक जोडेको छ । मोरक्को अंकबिहिन छ । पोर्चुगल दोस्रो चरण नजिक पुग्दा मोरक्को समूह चरणबाटै बाहिरिने खतरामा परेको छ । खेलको चौथो मिनेटमै रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोले बेर्नान्डो सिल्भाको कर्नरमा हेडमार्फत बललाई जाली चुमाएका थिए ।

जारी विश्वकपमा रोनाल्डोको यो चौथो गोल हो । यसअघि उनले स्पेन विरुद्ध ह्याट्रिक गरेका थिए । खेलमा मोरक्कोका युनेश बेर्हान्डको उत्कृष्ट प्रहारलाई पोर्चुगलका गोलकिपर प्याट्रिसिओले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए ।

तपाईको प्रतिक्रिया