Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि निर्धारण गरिएको छ। सापकोटाको मुद्दा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइका लागि पेशीमा चढेको हो।

यसअघि पटकपटक उक्त मुद्दामा निर्णय सुनाउने भनिए पनि विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको थियो। तर, प्रधानन्यायाधीश श्रेष्ठ असोज २० गतेदेखि अवकाशमा जाने भएकाले आज निर्णय नआएमा पुनः नयाँ न्यायाधीशको टोलीले सुनुवाइ गर्नुपर्नेछ।

यो मुद्दा काभ्रेका अर्जुन लामाको हत्या प्रकरणसँग सम्बन्धित छ, जसमा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ सालमा रिट दायर गरेकी थिइन्। यस मुद्दामा मानवअधिकारकर्मी कनकमणि दीक्षित र सुशील प्याकुरेलले पनि रिट दायर गरेका थिए।

 

तपाईको प्रतिक्रिया