Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं  – रुसमा जारी फिफा विश्वकप फुटबलमा आज (मंगलबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘एच’ को दुई खेल र समूह ‘ए’ को एक खेल हुँदैछ ।

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एच’ बाट कोलम्बिया र जापानले प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ ।

यस्तै यो समूहको दोस्रो खेलमा पोल्याण्ड र सेनेगलबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति ८ : ४५ मा सुरु हुनेछ ।

रुस विश्वकपमा आजबाट समूह चरण अन्तर्गत कै दोस्रो राउण्डको खेल सुरु हुँदैछ । दोस्रो चरणको पहिलो खेलमा समूह ‘ए’ बाट आयोजक रुस र इजिप्टले प्रतिस्पर्धा गर्दैछ । रुस र इजिप्टबीचको खेल नेपाली समय अनुसार राति ११ : ४५ मा सुरु हुनेछ ।

आयोजक रुसले पहिलो खेलमा साउदी अरेबियालाई ५ – ० ले हराएको थियो । आज रुस  दोस्रो जितको खोजीमा हुनेछ । इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १ – ० ले पराजित भएको थियो । इजिप्ट आज पहिलो जितको खोजीमा हुनेछ ।

तपाईको प्रतिक्रिया